काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका ११० जना निर्वाचित सांसदको नाम टुंगो लगाएको छ । आयोगले निर्वाचनमा दलले पाएको मतको आधारमा सिट बाँडफाँड गर्दै सोही अनुसार दलले पठाएका नामका आधारमा ११० जना समानुपातिक सांसदलाई निर्वाचित गरेको हो ।


ADVERTISEMENT


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (९) र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ दफा ३८ (१) अनुसार उनीहरुलाई निर्वाचित गरिएको आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै नवनिर्वाचित समानुपातिक सांसदलाई बिहीबार आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जनाएका छन् ।

समानुपातिकतर्फ यसपटक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली काँग्रेसबाट २० जना, नेकपा एमालेबाट १६ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ९ जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट समान ४–४ जना निर्वाचित भएका छन् ।