काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुधन गुरुङले आफू सांसदका रुपमा तलब र गाडी सुविधा नलिने बताएका छन् । मंगलबार रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै सुधनले उक्त कुरा बताएका हुन् ।
यसअघि जेन–जी आन्दोलनका बेला मन्त्रीलाई तलब गाडी सुविधा दिन नहुने बताएका सुधनले अब आफू सांसद निर्वाचित भइसकेपछि तलब सुविधा नलिन र सरकारी गाडी समेत आफूले नचढ्ने बताएका हुन् ।
उनले भने, ‘म तलब खान्नँ नि । किन तलब खानु र रु । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ ।’ सुधन गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाबाट गोरखा–१ बाट निर्वाचित भएका थिए ।



























































