काठमाडौं–आइपिएल क्रिकेटका दौरान फिल्डिङ गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली घाइते भएका छन् । उनी सनराइजर्स हैदरावाद विरुद्धको खेलमा घाइते भएका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई) ले कोहली घाइते भएको पुष्टि गरेको हो। उनलाई नाकमा चोट लागेको छ ।


ADVERTISEMENT


उनलाई बिसिसिआईका मेडिकल टिमले जुन १५ सम्म आराम गर्न सल्लाह दिएका छन्। १५ जुनमा पुनः उनको शारिरिक तन्दुरूस्ती परिक्षण हुनेछ ।


ADVERTISEMENT

# # #


टेस्ट रिपोर्टका आधारमा उनी इंग्यान्ड र आइरल्यान्ड भ्रमण टोलीमा हुने नहुने तय हुनेछ । भारतले डब्लिनमा जुन २७ डब्लिनमा पहिलो खेल खेल्नेछ ।

चोटका कारभ अब कोहलीले इंग्ल्यान्डमा खेल्न लागेको घरेलु क्रिकेट पनि खेल्न नपाउने भएका छन् । उनले सुरे क्लबबाट घरेलु क्रिकेट खेल्न लागेका थिए ।