काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ८० लाख कित्ता शेयर गरी कुल १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी चैत ८ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।


























































