काठमाडौं – निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश को भ्रमणमा पुगेकी छिन् ।
प्रधानमन्त्रीले निर्वाचन सफल बनाउन भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्न उक्त प्रदेशको भ्रमण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
बिहीबार कर्णाली प्रदेश पुग्दा प्रधानमन्त्री कार्कीलाई स्थानीयवासीले स्वागत गरेका थिए। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।


























































