काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक) आज ६४.६९ अंकले बढेको छ । बजार खेलेको सरुवात देखि नै बढ्ना थालेको नप्से बन्द हुने बेलासम्म २८७७ बिन्दुमा पुगेको हो ।


ADVERTISEMENT


यससँगै आज कारोबार रकम समेत बढेको छ । आज ३४२ कम्पनीका शेयर १ लाख ९१ हजार २५१ पटक खरिद विक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।

आज ५ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमध्ये १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

त्यस्तै सान्जेन जलविद्युतको ८, माथिल्लो तामाकोशीको ७.५३, एनआईसी एसिया बैंकको ६.०९, सिटिजन्स बकैंकको ५.८३ तथा माछापुच्छ्रे बैंकको ५.५८ प्रतिशत मूल्य बढेको छ ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घटेको छ ।