काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत हुने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उपसभापति शर्माले शुक्रबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा थापाको राजीनामाबारे आवश्यक निर्णय लिइने बताएका हुन् ।


ADVERTISEMENT


उनले बैठकमा प्रारम्भिक समीक्षा, थापाको राजीनामा पत्र र राजीनामा पत्र अस्वीकृत गर्ने प्रस्ताव पेश हुने बताएका हुन् । निर्वाचनमा पार्टीको पराजयलाई देखाउँदै नैतिक जिम्मा लिनु स्वभाविक भए पनि राजीनामा सान्दर्भिक नरहेको उपसभापति शर्माले बताए ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, सामाजिक सञ्जालमा भनेका छन्, ‘नैतिक जिम्मा लिन्छु ! भन्नू सकारात्मक । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !’

सभापति थापाले गत फागुन २१ गते भएको निर्वाचन काँग्रेसले व्यहोरेको पराजयको कारण देखाउँदै राजीनामा दिएका छन् । गत फागुन अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित भएका थापाको नेतृत्वमा काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको थियो ।

यस्तै समानुपातिकतर्फ पनि २० सिट मात्रै पुर्याएपछि थापाको राजीनामा माग्न सुरु भएको थियो ।