काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु आगामी सरकार गठनको तयारीमा जुटेका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणको तयारी थालेसँगै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णीम वाग्ले सरकार निर्माणको छलफलमा जुटेका हुन् ।
त्यसैक्रममा उनीहरुबीच बिहीबार साँझ छलफल भएको छ । चार नेताहरुको तस्बिर सार्वजनिक गर्दै उपसभापति वाग्लेले राजकाजका लागि छलफल सुरु भएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘राजकाज ! आज साँझको छलजफल !’
रावस्पा वरिष्ठ नेता बालेनले झण्डै दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गर्दैछन् । त्यसैका लागि अहिले नेताहरु मन्त्री छनोटको तयारीमा जुटेका छन् । चैत्र दोस्रो सातामा मुलुकले नयाँ सरकार पाउने सम्भावना रहेको छ ।


























































