काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीका रुपमा शपथ लिने भएका छन् । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथको मिति तय गरेसँगै बालेनको अब बन्ने प्रधानमन्त्रीको शपथको समेत टुंगो लागेको हो ।


ADVERTISEMENT


सरकार गठनबारे आजै रास्वपाका शीर्ष नेताबीच छलफल भएको थियो । छलफलपछि रास्वपा नेताहरुले प्रधानमन्त्रीको शपथको समेत मिति तय गरेका हुन् ।


ADVERTISEMENT

# # #


चैत्र १२ गते संसद सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुको शपथ गराउँदैछ । त्यसको भोलिपल्टै बालेनले प्रधानमन्त्रीको शपथ लिनेछन् । उनलाई गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो ।

रास्वपाले निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याएपछि बालेनले सरकारको नेतृत्व गर्ने पक्का भएको हो । तर, त्यसअघि रास्वपाले उनलाई संसदीय दलको नेतामा चयन गर्नुपर्ने छ ।