न्युयोर्क–एक अमेरिकी अदालतले दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई ५३.९ करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ । एप्पलको आइफोनको विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो ।


ADVERTISEMENT


दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच लामो समयदेखि कानुनी विवाद चल्दै आइरहेको थियो ।


ADVERTISEMENT

# # #


सन् २०११ मा एप्पले सामसुङमाथि आफ्नो पेटेन्ट उल्लंघन गरेको आरोप लगाएपछि यो विवाद शुरु भएको थियो ।

एक वर्षपछि एप्पललाई सामसुङले १.०५ अर्ब डलर तिर्नुपर्ने निर्णय सुनाएपनि दुवै कम्पनी सामसुङले तिनुपर्ने रकमको विषयमा कानुनी लडाईंमा रहेका छन् ।

एप्पलको तीनवटा डिजाइन प्याटेन्ट उल्लंघन गरेका भन्दै ५३.३३ करोड डलर र दुईवटा फङ्सनको प्याटेन्ट उल्लंघन गरेको भन्दे बाँकी रकम तिनुपर्ने बताइएको थियो ।

एक वक्तव्य जारी गर्दै एप्पले अदालतको निर्णय स्वागत गर्दै सामसुङले आफूहरुलाई सो रकम तिनुपर्ने बताएको छ । एप्पलले यो मुद्दा पैसाको भन्दा पनि एप्पलमा काम गर्नेहरुको मिहिनेतको विषय भएको बताएको छ ।

यता, सामसुङले भने आफूले मात्र २.८ करोड डलर मात्र तिनुपर्ने तर्क प्रस्तुत गर्दै आइरहेको छ ।