काठमाडौँ – नेकपा एमालेका युवा नेता सीताराम दाहालले पुराना पार्टीहरूको हारको चिरफार गरेका छन् ।
नेता दाहालले निर्वाचनमा पुराना दलको प्रदर्शन निराशाजनक हुनेमा विभिन्न चार कारण रहेको औँल्याए । उनका अनुुसार पहिलो कारण कार्यकर्ताहरुको भन्दा आसेपासेको मात्र कुरा सुन्नु हो ।
यस्तै दोस्रो कारणामा जनतालाइ भन्दा आफूतिर फर्केर नीति नियम बनाउनु तथा भुईं मान्छेको कुनै कुरा सुनाइ नहुनुले पनि निर्वाचतनमा जनता नयाँ दलतिर आकर्षित भएका हुन् ।
यस्तै गुठी जस्तो परमपरागत चलिआएको परमपरालाइ आफू अनुकुल बनाउन खोज्नु पनि हारको अर्को कारण बनेको उनको भनाई छ ।
दाहालका अनुसार चौथो कारण भनेको शिक्षक आन्दोलन लाइ वेवास्था गर्नु हो । आफ्ना माग सम्बोधनको माग गर्दै काठमाडौँमा आएका शिक्षकबारे सरकारले बेवास्ता गर्दा पनि पुराना दलका लागि निर्वाचनको अवस्था प्रतिकूल बनेको दाहालले बताए ।


























































