काठमाडौँ – नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरु कसैले पनि गगन थापाको राजीनामा माग नगरेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टीको आन्तरिक कारण समेत रहेपनि आफूहरु लगायत अन्य शेर बहादुर देउवा निकट कसैले पनि व्यक्तिगत वा सामूहिक रुपमा राजीनामा माग नगरेको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


उनले पार्टीले सही नीति र निर्णय गर्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको बताए । नेता घिमिरेले पार्टीको विवाद अहिले अदालतमा रहेकाले अदालतले दिने आदेश स्वीकार्य हुने उल्लेख गरे । अदालतले जसको पक्षमा फैसला गर्यो, उसैलाई सभापति मान्न आफूहरु तयार रहेको उनले बताए ।

त्यस्तै उनले जस्को नेतृत्वमा भएपनि पार्टीलाई महाधिवेशन उन्मुख गराउनुपर्नेमा जोड दिए । घिमिरेले काङ्ग्रेसको महाधिवेशनबाट पार्टीको राजनीतिक दृष्टिकोणकासाथै आर्थिक नीति, परराष्ट्र नीति लगाएतमा स्पष्ट भएर अघि बढ्नुपर्ने जिकिर गरे ।

त्यस्तै नेता घिमिरेले राष्ट्रिय सरोकारका विषयमा ठूलो दल रास्वपाले आगामी दिनमा सवैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । अब बन्ने सरकारले उदारवादी अर्थनीतिलाई नै अबलम्बन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।