काठमाडौं – कारोबार हुने साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४१५ रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।