काठमाडौं – सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।


ADVERTISEMENT


धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।