काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक समृद्धिलाई अघि बढाउने गरी काम गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री खनालले सुशासनको पक्षमा, सेवा प्रवाह गर्ने विषयलाई बढी प्राथमिकता दिएर मुलुकलाई अघि बढाउन ध्यान केन्द्रीत गर्ने बताएक हुन् ।


ADVERTISEMENT

# # #


कन्सुलर सेवा विभागबाट दिईने सेवालाई डिजिटलाइज गर्ने निर्णय आफूले गरेको उनले जानकारी दिए । उनले सहज ढंगले प्रविधिमार्फत सरकारी निकायमा नपुगी सेवा प्राप्त गर्न सक्ने गरि व्यवस्था गरिने उल्लेख गरे ।

मन्त्री खनालले आर्थिक समृद्धि अन्तर्गत अर्थ कूटनीति, आर्थिक कूटनीतिमा अलि बढी ध्यान जाने बताए । उनले परराष्ट्र नीति कस्तो हुने भन्ने विषय संविधानमा नै स्पष्ट रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जनाए ।

उनले मध्यपूर्वको द्वन्द्वका कारण नेपाललाई पर्न सक्ने असरप्रति सजक रहदै आवश्यक कदम चालिने बताए । उनले इन्धनको मूल्य र त्यसबाट पर्न सक्ने असरबारे समेत अध्ययन भइरहेको जानकारी दिए ।