काठमाडौँ – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार शितल निवासमा सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको भन्दै मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले काठमाडौँ महानगरपालिकामा लागू गरिएका शिक्षा क्षेत्रका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको सुनाए । त्यस्तै उहाले विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने र शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाइने धारणा राखे । मन्त्री पोखरेलले खेल क्षेत्रको दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए ।

त्यसैगरी उनले खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्ने उद्घोष गरे । विज्ञ र अनुभवी व्यक्तिलाई खेल क्षेत्रको जिम्मेवारी दिइने उनको भनाइ छ ।