काठमाडौं– प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो । अहिले १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।
खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् । शनिबार नै अस्पताल भर्ना भएका उनी चिकित्सकको निगरानीमा छन् ।


























































