काठमाडौं – नेपाल पत्रकार महासंघले ७१ औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
स्थापना दिवसका अवसरमा महासंघले काठमाडौंको सिनामंगल पिपलबोटदेखि सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरीपछि सञ्चारग्राममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउने बताइन । उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा महासंघ सशक्त रूपमा उभिने धारणा राखिने । अहिले करिव दुई तिहाई नजिकको सरकार बनेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न उहाले आग्रह समेत गरिन् ।
उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए कुनै हालतमा चूप लागेर नबस्ने स्पष्ट पारिन । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।


























































