एजेन्सी–हल्लाकै भरमा दक्षिणी भारतमा भीडको आक्रमण परी कम्तीमा पाँच जना मजदुर मारिएका छन् । सामाजिक सञ्जालमार्फत बालबालिका अपहरण गर्ने समूहबारे हल्ला चल्दा पाँच जना मारिनुका साथै अन्य २० जना घाइते भएका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार कम्तीमा तीनवटा राज्यमा यस्ता समूहबारे चेतावनीसहितको व्यापक हल्ला फैलिएको थियो। भीडले उत्तर भारतबाट आएका अपरिचित श्रमिकहरूलाई शंकाकै भरमा आक्रमण गरेको थियो।


ADVERTISEMENT

# # #


प्रहरीले सर्वसाधारणलाई यस्तो हल्लाको पछि नलाग्न आह्वान गरेको छ। यसका लागि प्रहरीले अटोरिक्साबाट माइकिङसमेत गराउन थालेको बुझिएको छ। तर हल्ला कसरी फैलियो भन्ने स्पष्ट भएको छैन।