काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण सेवाबाट बिदा भएका छन्।
२०८१ असोज २० मा प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन्। मंगलबार उनलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरेकी हुन्।
राउतको बिदाइपछि बुधबारदेखि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।



























































