काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका खड्कालाई आइतबार काठमाडौं जिल्ला अदालतका जगत पौडेलको इजलासले उक्त आदेश दिएको हो । खड्कामाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।
उनी गत चैत्र १५ गते पक्राउ परेका थिए । खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।


























































