काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार बजार खुला गर्ने निर्णय लिएको हो ।


ADVERTISEMENT

# # #


हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले हिजोको बैठकबाट शुक्रबार कारोबार खोल्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम गरिनेछ र सोही दिन शेयर कारोबार समेत हुनेछ ।