काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिएका छन् ।


ADVERTISEMENT


आइतबार संघीय संसदमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रीत रहेको दाबी गरे । उनले भने, ‘यो नीति तथा कार्यक्रम समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रीत छ र यसको नारा पनि समृद्ध नेपाल र सुखी नेपाली हो ।’


ADVERTISEMENT

# # #


प्राकृतिक विविधत, सम्पदाका हिसाबले पनि गरिब नहुने पर्ने तर गरिब रहेको भन्दै उनले अब नेपाल सँधैँ पछाडी, अल्पविकशित भइरन नसक्ने उल्लेख गरे । कार्यक्रम महत्वाकांक्षी भएको भन्ने सांसदहरुको टिप्पणीको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘चरा, मुसाले जस्तै चारोकै खोजीमा जीवन भौतारिरहनुु पर्ने अवस्था हटाउने उद्देश्यका साथ नै यो नीति कार्यक्रम ल्याइएको हो । म असुरक्षित भएँ भन्ने कसैले ठान्न नपरोस्, भूगोल, जात, धर्म, संस्कृति, वा आस्थाका हिसाबले म भेदभावको शिकार भएँ भन्ने अवस्था नल्याउनका लागि हामीले यो नीति तथा कार्यक्रम ल्याएका हौँ । राज्यले अधिकार त दियो तर अधिकारसम्म पुग्ने बाटो पाइँन भन्ने अवस्था नहोस् भन्नका लागि यो नीति तथा कार्यक्रम ल्याइएको हो । यसले रुपान्तरण र तीव्र विकास र परिवर्तनको आकांक्षा बोकेको छ त्यसकारण यो असम्भव महत्वकांक्षा होइन ।’

यी पनि पढ्नुस् : 

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री(LIVE)

पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन : प्रधानमन्त्री ओली

संसदमा प्रधानमन्त्रीको जवाफ : ‘नीति तथा कार्यक्रम असम्भव महत्वकांक्षा होइन’

‘संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन्छ’

अब भारतीय बाँधका कारण तराई डुबानमा पर्दैन : प्रधानमन्त्री