काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतले सिमानामा बाटाका नाममा बाँध बाँधेर डुवानमा नपार्ने बताएका छन् ।


ADVERTISEMENT


सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार डुवान क्षेत्रको अनुगमनका लागि छिट्टै संयुक्त टोली खटाइने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अब सिमानामा बाटाका नाममा, के नाममा डुवान गर्न पाउँदैन, गर्दैन ।’ उनले छिमेकी मुलुकसँग कुनै कार्ड नखेल्ने र लादिएका कुरा पनि स्वीकार्य नहुने बताए ।

प्रवुद्ध समूहको पछिल्लो बैठक भर्खर सकिएको भन्दै उनले सन् १९५० को सन्धिमा के के संशोधन गर्ने भन्ने सहमति नजिक पुगेको संसदलाई जानकारी गराए ।

यी पनि पढ्नुस् : 

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री(LIVE)

पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन : प्रधानमन्त्री ओली

संसदमा प्रधानमन्त्रीको जवाफ : ‘नीति तथा कार्यक्रम असम्भव महत्वकांक्षा होइन’

‘संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन्छ’