काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गरिने बताएका छन् ।


ADVERTISEMENT


आइतबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले संविधान अशंसोधनीय नभएको भन्दै यसलाई औचित्य हेरेर संशोधन गर्न सकिने बताएका हुन् । ‘विकास र समृद्धिको अभियान हासिल गर्न आवश्यक र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ । छलफलमा बसेर त्यसको समाधान गर्न सकिन्छ ।’ उनले भने ।


ADVERTISEMENT

# # #


अहिलेको सरकार भएका समस्याको समाधान गर्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको सुखका लागि कहाँ के के नपुगेको छ त्यसलाई सच्याउन यो सरकार तयार रहेको छ ।’ सामाजिक न्याय र समानताका लागि पछाडी परेको क्षेत्र, समुदाय र वर्गलाई अगाडी ल्याउन विशेष नीति योजना र कार्यक्रमाका साथ अगाडी बढ्ने उनले बताए । संविधान अनुसार आवश्यक परेका तर बन्न नसकेका कानुन निर्माण अब धमाधम गरिने प्रधानमन्त्री ओलीको भनाई थियो ।

विविधता यथार्थ रहेको भन्दै यसलाई वैमानश्यता नभई विकास र समृद्धिका लागि उपयोग गर्नु पर्ने उनले बताए ।

यी पनि पढ्नुस् : 

पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन : प्रधानमन्त्री ओली

संसदमा प्रधानमन्त्रीको जवाफ : ‘नीति तथा कार्यक्रम असम्भव महत्वकांक्षा होइन’

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री(LIVE)

अब भारतीय बाँधका कारण तराई डुबानमा पर्दैन : प्रधानमन्त्री

‘संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन्छ’