काठमाडौँ – विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


ADVERTISEMENT


बिहीबार भक्तपुरको पाँचतले मन्दिरमा श्री नासः हैःमा बाजा समूहले मौलिक साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरुले बाजा तथा नाच देखाएका थिए । हरेक बर्ष विस्केट जात्रा सुरु हुने अघिल्लो दिन पाँचतले मन्दिरमा मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आएको छ ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ । यस बर्षको विस्केट जात्रा चैत्र २७ गते शुक्रबारबाट सुरु हुँदैछ ।