काठमाडौं – एनआइबिएल इक्विटी पार्टनर्स र गोर्खाज हिमालयन हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटीले गोर्खाजमा १५ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
गुर्खाज हिमालयन सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो ।
‘यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्वपूर्ण उपलब्धि हो,’ ‘यसले साना आकारका जलविद्युत् र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई प्रस्ट पारेको छ । यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठुलो टेवा पुर्याउने विश्वास रहेको एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले बताए ।
यस्तै, गोर्खाज हिमालयनका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले एनआइबिएल इक्विटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुर्याउनेछ,’ उनले भने ।


























































