काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार मौरिससमा भेटवार्ता भएको हो ।
भेटवार्ताबारे जानकारी दिँदै जय शंकरले परराष्ट्रमन्त्री बनेकोमा खनाललाई बधाई दिएका छन् । साथै उनले भेटमा नेपाल र भारतबीचको विभिन्न क्षेत्रमा गहिरो सहकार्य गरेर साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भएको बताएका छन् ।
सोबारेमा परराष्ट्र मन्त्रालयले समेत जानकारी दिएको छ ।
भारतको आयोजनामा नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन खनाल मौरिससको पोर्ट लुइसमा छन्। उनी दुई दिन उतै रहनेछन् ।
Glad to meet FM Shishir Khanal @shisir of Nepal this afternoon. Congratulated him on his appointment.
Discussed realising the full potential of the 🇮🇳 🇳🇵 partnership by deeper collaboration in different sectors. pic.twitter.com/wKopzovHBi
— Dr. S. Jaishankar (@DrSJaishankar) April 10, 2026


























































