काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।


ADVERTISEMENT


कम्पनीले तेस्रो त्रैमास समाप्त भएको ३ दिनमै वित्तीय विवरण प्रकाशित गरेको हो। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म (९ महीना अवधिमा) १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।


ADVERTISEMENT

# # #


गत आवको चैत मसान्तसम्म कम्पनीले १३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४ करोड ९५ लाख रुपैयाँबाट झण्डै दोब्बरले बढेर ८ करोड ५४ लाख रुपैयाँ नाघेको छ भने सञ्चालन नाफा १८ लाख रुपैयाँबाट बढेर १५ करोड ९० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीको कुल सञ्चालन आम्दानी ५६ करोड ३३ लाख रुपैयाँबाट वृद्धि भई ९५ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च ६२ करोड ६७ लाख रुपैयाँबाट वृद्धि भई ६६ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २४.८१ रुपैयाँ ऋणात्मक रहेको छ।

यता समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ०.१० रुपैयाँबाट बढेर ८.२० रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) १३.५५ प्रतिशतबाट बढेर १६.५९ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२७.३५ रुपैयाँ रहेको छ। चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा करीब ८ करोड रुपैयाँ सञ्चिति रहेको छ।