काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पैसा नभएका कारण गरीबले शिक्षा र स्वास्थ्य नपाउने अवस्था अन्त्य गर्न सरकार लाग्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रदेशका मुख्यमन्त्रीको छलफलका क्रममा मुख्यमन्त्री बानियाँले गरीबीकै कारण जनता स्वास्थ्य उपचार नपाएर मनुपर्ने अवस्था आउन नदिनतर्फ संघ र प्रदेश सरकार लाग्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले विपन्न नागरिकलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको बताए । उनले भने, ‘मैँले गरीबले शिक्षा नपाएर निराश हुनु नपर्ने र गरिबले उपचार नपाएर मर्नु नपर्ने अवस्था सिर्जनाका लागि विशेष ध्यान दिनुपर्छ भनेर उठाएको छु । जवाफमा उहाँले निजी स्कुल र अस्पतालमा १० प्रतिशत बेन्च र बेड प्रभावकारी ढंगले लागू हुन्छ भन्नुभएको छ ।’

उनले तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसंग छलफल भएको उनले बताए । उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरुको निर्माण कार्यमा समस्या देखिएको लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उल्लेख गरे ।