काठमाडौँ – सामसुङ नेपालले ग्यालेक्सी ए ३७ ५-जी र ग्यालेक्सी ए५७ ५-जी सार्वजनिक गरेको घोषणा गरेको छ, जसले Galaxy A series लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।
सामसुङले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ। यो सुविधा सामसुङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत Hulas Fin Serve Hire Purchase Ltd. मार्फत उपलब्ध छ। प्रक्रिया झन्झटररहित छ र केवल नागरिकता भए पुग्छ।
नयाँ ग्यालेक्सी ए सिरिज मा सामसुङको नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा Enhanced Awesome Intelligence रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, Productivity र Content सिर्जनालाई सजिलो बनाउँछ। क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए ३७ ५-जी र ग्यालेक्सी ए५७ ५-जी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम छन्।
Awesome Intelligence सँग स्मार्ट अनुभव
Voice Transcription फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ।
AI Select ले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।
Object Eraser, Filters र Edit Suggestions जस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउँछन्।
ग्यालेक्सी ए ३७ ५-जी मा Best Face र Auto Trim जस्ता थप फिचरहरू पनि समावेश छन्।
स्पष्ट फोटो र भिडियोका लागि उन्नत क्यामेरा
दुवै डिभाइसमा 50MP मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।
Enhanced ISP र Nightography का कारण कम प्रकाशमा पनि उज्यालो र Natural फोटो तथा भिडियो लिन सकिन्छ।
AI आधारित subject recognition ले राम्रो पोर्ट्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ।
शक्तिशाली प्रदर्शनसहित आकर्षक डिजाइन
अपग्रेड गरिएको CPU, GPU र NPU ले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।
5,000mAh ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ, र ग्यालेक्सी ए ३७ ५-जीमा Super Fast Charging 2.0 पनि उपलब्ध छ।
ठूलो vapor chamber का कारण ग्यालेक्सी ए ३७ ५-जीलामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।
Vision Booster सहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ।
टिकाउ, सुरक्षित र लामो समयसम्म प्रयोगयोग्य
दुवै डिभाइस IP68 rating सहित पानी र धुलो प्रतिरोधी छन्।
सामसुङले ६ पुस्तासम्म OS अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।
उपलब्धता
| मोडल | RAM/स्टोरेज | रंग | प्राइस /यूनिट | २४ महिनासम्मको EMI |
| A57 5G | 12GB/256GB | Awesome Navy, Awesome Gray, Awesome Lilac | NPR. ८९,९९९ | २४४२ |
| A57 5G | 8GB/256GB | NPR. ८४,९९९ | २३०६ | |
| A37 5G | 12GB/256GB | Awesome Graygreen, Awesome Lavender, Awesome Charcoal | NPR. ७९, ९९९ | २१७१ |
| A37 5G | 8GB/256GB | NPR. ७२,९९९ | १९८१ | |
| A37 5G | 8GB/128GB | NPR. ६४,९९९ | १७६४ |
यी दुवै डिभाइसहरू सामसुङका आधिकारिक रिटेल स्टोरहरू तथा नेपालभरका अधिकृत साझेदारहरू मार्फत उपलब्ध हुनेछन्।


























































