काठमाडौं–इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ । मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो ।


ADVERTISEMENT


चेन्नईको जितमा सेन वाट्सनले विस्फोटक ब्याटिङ गर्दै नटआउट सतकीय पारी खेले । उनले मात्र ५७ बलमा ११ चौका र ८ छक्कासहित ११७ रन बनाए ।


ADVERTISEMENT

# # #


पहिले ब्याटिङ गर्दै हैदराबादले दिएको १७८ रनको लक्ष्य महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले ९ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि सुरेश रैनाले ३२ तथा रायडुले १७ रन बनाएका थिए ।

हैदारावादका सन्दिप शर्मा र कार्लोश ब्रेथवेटले १–१ विकेट लिए । यो सँगै चेन्नइले तेस्रो पटक आइपिएलको उपाधिमाथि कब्जा जमाएको छ। चेन्नइले यसअघि सन् २०१० र २०११ मा पनि उपाधि जितेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले दिएको १७९ रनको लक्ष्य चेन्नइले ९ बल बाँकी छँदा भेट्टाएको हो । यसअघि हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन विलियमसन (४७ रन) ले पारी सम्हालेका थिए । विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ पुर्‍याएका थिए । कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा ३ रनमा आउट भएका थिए ।

चेन्नाईका लागि लुङी एन्गिडी, कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।