काठमाडौँ– बिजयकुमार गच्छार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री नियुक्त भएका छन् ।


ADVERTISEMENT


उपप्रधानसहित तीन मन्त्रालय लिदै वर्तमान सत्ता गठबन्धनमा सहभागि भएको लोकतान्त्रिक फोरमका तीन जना राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पद तथा गोपनियताको सपथ समेत लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई सपथ गराएका छन्।


ADVERTISEMENT

# # #


नवनियुक्त राज्यमन्त्रीमा यशोदाकुमारी लामालाई भूमिसुधार, जनकराज चौधरीलाई संघीय मामिला तथा स्थानीय र सुमित्रा थरुनीलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्तावमा असहमती जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई हिजो सरकारमा सहभागि गराएका थिए ।