काठमाडौँ– मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालले आजदेखी निस्शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको निःशुल्क मिर्गौला प्रत्यारोपण गरी सेवा शुरु गरेको हो ।


ADVERTISEMENT


२७ वर्षीया रश्मिलालाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । अस्पतालले मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका २०७४ अनुसार सो सेवा निशुल्क शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


निर्देशिकाअनुसार, एउटा बिरामीको मिर्गौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई चार लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ उपलब्ध गराउने छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट शुरु भएको सेवा अहिले मुलुकका बिभिन्न अस्पतालबाट उपलब्ध छ ।