काठमाडौं – सरकारले काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् ।


ADVERTISEMENT


मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् । परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए । बिहान त्यसो भनेर निस्केका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छिन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार काठमाडौं १४ फोहोर मैला संकलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका एसपी भट्टराई जानकारी दिए ।

‘उनी केही दिनदेखि घर नै आएका थिएनन् भन्ने स्थानीयको भनाई छ । आज कपडाको पोकासहित उनको शव फेला परेको हो,’ एसपी भट्टराईले भने, ‘हामी यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’