काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवस न्यौपाने नियुक्त भएका छन् ।


ADVERTISEMENT


वैशाख २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वर, काठमाडौं निवासी न्यौपानेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार नवनियुक्त सीईओ न्यौपानेको कार्यकाल वैशाख २० गतेदेखि नै लागू भएको छ।


ADVERTISEMENT

# # #


यसअघिका सीईओ सन्तोष केसीले गत कात्तिक १४ गते राजीनामा दिएसँगै रित्त रहेको कम्पनीको सीईओ पद ६ महीनापछि पूर्ति भएको हो ।