काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो ।


ADVERTISEMENT


अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।

सरकारले संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको छ । जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास गर्ने प्रतिबद्धता निर्वाचनका बेला गरिएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।