काठमाडौं – सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा क्रुरतापुर्वक डोजर लगाइ उठिबास लगाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।


ADVERTISEMENT


विना कुनै बिकल्प सरकारले सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफुहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चा लगाएत बिभिन्न संघसंस्थाको अगुवाइमा शुक्रबार प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले समाजवादको नारा डोजरको साहारा, बिकासको नाममा विस्थापन बन्द गर, घर होइन अन्याय भत्काउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले थाल बजाएर सरकारबिरोधी नारावाजी समेत गरेका थिए ।