काठमाडौं – संघीय  संसद्को  दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३ र ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो ।  यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभयो । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन जारी छ ।


ADVERTISEMENT

# # #


संसद् भवन परिसरमा राष्ट्रपतिलाई सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभएको थियो । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो ।