काठमाडौं – सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए ।


ADVERTISEMENT

# # #


त्यसपछि सभामुखले भने, ‘श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’, उनले भने, ‘प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो ।’

सभामुखले अर्यालले भनेका छन्, ‘त्यसकारणले विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’

‘पर्चा देखाएर विरोध गर्ने सदनमा यो हाम्रा कानुन अथवा नियमावली न हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन्’, सभामुखले भनेका छन्, ‘यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु ।’

सभामुखले यस्तो आदेश गरेपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बसिरहेका छन् ।