काठमाण्डाैं – भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।


ADVERTISEMENT


न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभल १०० देखि ३०० शैया सम्मका अस्पतालहरुमा भक्तपुर देशभरकीकै उत्कृष्ट भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिए । उनका अनु्सार गत वर्ष अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएको थियो भने यस वर्ष ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो ।


ADVERTISEMENT

# # #


बिहीबार अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्र कुमार झा ले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताए । उनले आगामी दिनहरुमा अस्पतालले शत प्रतिशत अंक ल्याउन प्रयास गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लगिने बताए । अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्न प्रयासरत रहेको बताए ।