काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

हिजो आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।