काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकता सम्बोधन हुनेगरी सरकारले बजेट ल्याएको दावी गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले बजेटमा देश बनाउने सपना साकार पार्ने योजना, कार्यक्रमसहितको संकल्प रहेको दावी समेत गरेका हुन् । उनले सांसद विकास कोषको व्यवस्था दुरुपयोग नहुने प्रत्याभूतिका साथ गरिएको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउन विशेष परिस्थितिका कारण अहिलेलाई नसकिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प अनुसारको बजेटको उचित व्यवस्था गरेको पनि दावी समेत गरेका छन् ।