काठमाडौं–आर्थिक बर्ष २०७५/७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया दिएको छ । कांग्रेसले यस बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको हो ।


ADVERTISEMENT


राजनीतिक नाराबाट प्रभावित
“निर्वाचनको बेलामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले जारी गरेको संयुक्त घोषणापत्रलाई मैले सपनाको पुलिन्दा भनेको थिएँ । त्यो एउटा सपिङ लिस्ट थियो । कतिपय अवस्थामा बजेट त्यसबाट प्रभावित भएको देखिन्छ । वितरण नगर्ने भन्दाभन्दै पनि बजेटमा २५ अर्ब रुपैयाँ जति विभिन्न शिर्षकमा बाडिएको छ । त्यसकारण बजेट राजनीतिक नाराबाट प्रभावित भएको देखिन्छ ।” –डा. रामशरण महत, पूर्वअर्थमन्त्री


ADVERTISEMENT

# # #


जनता निराश
“बजेट निराशजनक छ । यसले अर्थतन्त्रमा कुनै उत्साह सञ्चार गर्न सक्ने देखिँदैन । नीति तथा कार्यक्रममा भनिएका कुरा पनि बजेटमा समेटिएको छैन । चुनावी घोषणापत्रमा बाँडिएका सपनाको त नजिक पनि पुगेको छैन । जनतालाई यो बजेटले निराश बनाएको छ ।” –डा. प्रकाशशरण महत, सहमहामन्त्री, नेपाली कांग्रेस

हात्ती आयो, हात्ती आयो फुस्सा
“आफूलाई शक्तिशाली बताउँदै आएको सरकारले ल्याएको आर्थिक बर्ष २०७५/७६ को बजेट हेर्दा खासै केही देखिएन । बजेट आउनु अघि के के नै आउला जस्तो ठूलो हल्ला गरिएको थियो । तर, बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्सा! जस्तो मात्र छ । चुनावमा बाँडिएको सपना र घोषणापत्र, केही समय अगाडि जारी गरिएको सरकारको नीति तथा कार्यक्रम र जारी बजेटबीच तादम्यता टुटेको छ ।” –विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस (आजको कारोबारबाट)