पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताए ।


ADVERTISEMENT


नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र संघर्षको उपलव्धी लगाएतका बिषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताएको हो ।


ADVERTISEMENT

# # #


अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उहाले बताए । उनले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।

पूर्वराष्ट्रपति यादवले संविधान, संघीयता सहित समावेशी, समानुपातिक सहित धर्मनिरपेक्षताको बारेमा धेरै टिकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सवलीकरण गर्ने गरि अघि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान निर्माण गर्ने क्रममा महत्वपूर्ण भूमिका खेलेका दलहरुले बीचको अवधिमा जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राखे ।

अव जनताले विश्वास गरेको दलले जनताको विश्वास जित्दै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने उनले बताए ।