काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
सहकारी ठगी तथा आर्थिक अनियमितता सम्बन्धी विषयमा अध्ययन गरिरहेको संसदीय विशेष समितिले विभिन्न व्यक्तिहरूमाथि थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो।
समितिले सहकारी रकम अपचलन, पीडितको बचत दुरुपयोग तथा संगठित आर्थिक अपराधसँग सम्बन्धित विषयमा अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायलाई सुझाव दिएको जनाएको छ। प्रतिवेदनमा विभिन्न दलका सांसदहरूको नाम समावेश भएपछि राजनीतिक क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ।
सम्बन्धित पक्षहरूले भने आफूहरूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन्। आयोगको सिफारिसपछि अब कानुनी प्रक्रिया र अनुसन्धान थप तीव्र हुने अपेक्षा गरिएको छ।


























































