काठमाडौं – वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्ज बासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गर लगाएका नारा लगाएका थिए । वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताए


ADVERTISEMENT

# # #


उनले मुआव्जाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुदा पनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे । उनले वीरगञ्जको मेनरोडलाई शहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए ।