काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकताहरूसँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन्।


ADVERTISEMENT


बिहीबार ललितपुरमा आयोजित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप २०२६’ को उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने समेत बताएका हुन् ।


ADVERTISEMENT

# # #


  उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको र साहित्यले नै समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको धारणा राखेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहे+को बताएका छन्।

उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरेका छन् । हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले नेृपालको साझा पहिचानलाई समृद्ध बनाएको उनको भनाई छ।

सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पु¥याउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।