काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले टोल विकास संस्था नगर समन्य समिति हेटौंडा उपमहानगरपालिकाद्वारा ५४ औं विश्व वातावरण दिवस २०८३ को सप्ताहव्यापी कार्यक्रममा आफ्नो मन्तव्य नागरिकहरूलाई सचेत जीवनशैली अपनाउन, प्रकृति संरक्षण गर्न र दीर्घकालीन सोचका साथ विकासमा अघि बढ्न आग्रह गरेका छन्।
मुख्यमन्त्री बानियाँले आधुनिक जीवनशैलीमा बढ्दो छिटो–छिटो रमाइलो, अस्वस्थ बानी र असन्तुलित व्यवहारले भविष्यमा स्वास्थ्य तथा सामाजिक समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले क्षणिक आनन्दभन्दा दीर्घकालीन जीवन सुरक्षा र जिम्मेवार व्यवहार महत्वपूर्ण हुने बताएका छन्।


ADVERTISEMENT


उनले समाजमा न्याय, समानता र जिम्मेवारीको भावना बलियो बनाउनुपर्ने उल्लेख गर्दै व्यक्तिले आफू र अरूप्रति अन्याय नगर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै, प्राकृतिक स्रोत–साधन, विशेषगरी वनजंगल संरक्षण नगरे दिगो विकास सम्भव नहुने उनको भनाइ छ।


ADVERTISEMENT

# # #


ऊर्जा क्षेत्रमा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यस उपलब्धिलाई अझ सुदृढ बनाउन सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले सुशासन, पारदर्शिता र उत्तरदायी शासन प्रणाली बिना समृद्ध प्रदेश तथा समृद्ध नेपाल सम्भव नहुने धारणा व्यक्त गरेका छन्।

उनको भनाइले विकाससँगै वातावरणीय सन्तुलन र सामाजिक जिम्मेवारीलाई समान रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।