राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन् ।


ADVERTISEMENT


प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत छन् ।


ADVERTISEMENT

# # #


नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोश बस्नेत सर्वसम्मत रूपमा चयन भएका छन् । सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन् ।

यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गरेकी थिईन् ।